प्रदेश 1

साम्पाङले भने, ‘घण्टीमा मत हाले सुकुम्वासी लखेटिन्छन्’ स्थानीय भन्छन्, ‘धरानमा काँग्रेसले जित्छ’

२० माघ, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले घण्टीमा मत हाल्नु भनेको आफ्नै घर भत्काउनु हो भनेका छन् । 

उनले सुकुम्वासीहरूको काठमाडौँमा बालेन शाहले बिजोक बनाएको स्मरण गर्न भन्दै घण्टीमा मतदान गरे सुकुम्वासीहरूको राम्रो नहुने जनाएका छन् । 

सुनसरी क्षेत्र नम्बर १ बाट आउँदो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका साम्पाङले यसअघिको निर्वाचनमा बलियो प्रतिस्पर्धी रहेका घण्टीका उम्मेदवार नै अहिले साम्पाङ्गसँग प्रतिस्पर्धामा रहेका छन् । 

अध्यक्ष साम्पाङले नेपाली काँग्रेसबाट सुरेन्द्र तामाङ, नेकपा एमालेबाट  टिका लिम्बु , नेकपाबाट मनाेज भट्टराइ, उज्यालाे नेपालब डम्बर लावतीऽ राप्रपाबाट उद्दव श्रेष्ठ  लगायत २८ जनाको प्रतिस्पर्धा रहे पनि घण्टीमा मत हाल्नु भने पनि उनले आफ्नो स्टाटस्मा अरू कसैलाई पनि मत नहाल्न वा हाल्न भनेका छैनन् । स्टाटस् धेरै लेख्ने नामले चिनिएका साम्पाङले धरान उपमहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । 

धरान प्रमुख हुँदासमेत साम्पाङ्गकाे निष्कलङ्क र साधकी छविका रूपमा परिचित नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुरेन्द्र तामाङ संग मित्रताराखेका थिए अहिले उनै तामाङ नेपाली काँग्रेसका तर्फबाट साम्पाङ्गसंग प्रतिस्पर्धी उम्मेदवार छन् । हर्क साम्पाङ्गको घट्दो क्रेज र राष्ट्रिय स्वतन्त्र पार्टीको मत बाँडिने तथा काँग्रेसको गठबन्धन नगरेका कारण कार्यकर्ता तथा शुभचिन्तकले रुखमा मत हाल्न पाउने अवसरका कारण सुजेन्द्र तामाङ विजयी हुने स्थानीयको दाबीकाबेला साम्पाङ रास्वपा उम्मेद्वार गोमा तामाङ्ग संग बिच्किनुले काँग्रेस उम्मेदवार तामाङको अवस्था झन् बलियो हुने सङ्केत देखिए

को स्थानीय मतदाता शम्भु बास्तोलाले बताए । उनले सुरेन्द्र तामाङले नै जित्ने दाबीसमेत गरे । समीर राईले रास्वपा, स्वतन्त्र, श्रम संस्कृति, उज्यालो नेपाललगायतको मत काटिएपछि काँग्रेसले नपत्याउँदो तरिकाले सुनसरी क्षेत्र नम्बर १ मा विजयी हुनेमा आफू ढुक्क भएको दाबी गरे