राजनीति

काठमाडौंमा देउवाको बिरोधमा खुलेर लागेका चतुरबहादुर काँग्रेसबाट टिकट पाएपछि यसरी देउवाकै फोटो देखाएर माग्दैछन् मत्

अशोक बिस्ट/२८ माघ, बैतडी । शेरबहादुर देउवा नै नेपाली कांग्रेसको सभापती भइराखे उनको अनुहार देखाएर निर्वाचनमा जान नसकिने अभिव्यक्ति दिदै आएका नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं बैतडीबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दले अहिले उनै देउवाको फोटो ब्यानरमा लगाएर भोट मागिरहेका छन् । चन्दले आफ्ना चुनावी अभियानका व्यानरहरुमा एकातिर देउवा र अर्कातिर आफ्नो फोटो राखेर समाजिक सञ्जाल मार्फत मत मागिरहेका छन् । माघ २७ गते मंगलबार बैतडीबाट कञ्चनपुरमा बसाईसराई गरेर बसेका बैतडेलीहरुका लागि आयोजना गरेको निर्वाचन केन्द्रित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पनि चन्दले व्यानरमा देउवाको फोटो प्रयोग गरेर मत मागेका छन् । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बेला घर जलाइएका र भौतिक रुपमा आक्रमणमा परेका देउवा दम्पतीको स्वास्थ्य लाभको कामना समेत नगरेर नेपाली कांग्रेस बैतडीका सभापति समेत रहेका चन्दले देउवालाई नै सभापति मानेर मत माग्न जनतामाझ जान नसक्ने अभिव्यक्ति दिएका थिए । विशेष अधिवेसन मार्फत गगन थापालाई सभापति बनाए बाफत चन्दले बैतडीमा नेपाली कांग्रेसको टिकट पाएका छन् ।

पुराना अनुहारले निर्वाचनमा जान नसकिने भन्दै चन्दले गत महिना भएको नेपाली कांग्रेसको विशेष अधिवेशनलाई चन्दले समर्थन गर्दै सम्बोधन समेत गरेका थिए । देउवाको अनुहारबाट नेपाली कांग्रेसले चुनाव नजित्ने भन्दै लोकतन्त्रका लागि सात दशक लामो योगदान गरेका र सुदूरपश्चिमको राजनीतिका बलियो अभिभावक देउवालाई अपमानजनक ढंगले पाटीैको सभापतिबाट हटाउने खेलमा संलग्न चन्दले चुनाव जित्न उनै देउवाको फोटोको सहारा लिए पछि कांग्रेसका नेता र कार्यकर्ता नै जिल्ल गरेका छन् ।

मंगलबार कञ्चनपुरमा भएको चन्दको मतदाता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा भेटिएका एकजना नेपाली कांग्रेसका क्रियाशील सदस्य राजेन्द्र भट्टले भने, ‘चतुर चन्दले सधै सभापति देउवाको विरोध गर्नु भयो । १४ औं महाधिवेशनमा पनि देउवालाई सहयोग नगरि शेखर कोइरालाको समर्थक बस्नु भयो । गत महिना विशेष अधिवेशन गर्न हस्ताक्षर अभियान चलाउनु भयो । अहिले टिकट पाए पछि जनताको आँखामा छारो हाल्न देउवाको फोटो लगाएर मत माग्न लाज लाग्नु पर्ने हो ।’

उनले थपे, ‘चन्दले चार वर्ष पहिले आफु नेपाली कांग्रेस बैतडीको सभापति जित्न पनि आफ्नो चुनावी व्यानरमा देउवाको फोटो छापेर सबैलाई अचम्मित बनाएका थिए ।’ चन्दको यस किसिमको दोगल्ला किसिमको चरित्रका कारण बैतडीमा देउवा समर्थक नेता तथा कार्यकर्ता आक्रोसित छन् । बैतडीमा देउवा समर्थक नेता कार्यकर्ताले सहयोग नगरे चन्दले चुनाव जित्न सहज नहुने बैतडीका विश्लेषक बताउछन् । २०७४ सालमा नेपाली कांग्रेसको टिकट नपाए पनि बैतडीका नेपाली कांग्रेसको अवसान भनेर समाजिक सञ्जालमा स्टाटस लेखेका चन्दको भमिका प्रति देउवा पक्षिय नेता तथा कार्यकर्ता मात्र नभएर आम मतदाता पनि चन्दको भूमिका प्रति खुशी छैनन् । चन्दले गत महिना उम्मेदवार सिफारिस गर्दा देउवा पक्षिय नेताहरु डा. उत्तरबहादुर ऐेर, नर बहादुर चन्द र नन्दराज भट्टको नाम समावेश नगरेर आफ्नो नाम मात्र सिफारिस गरेपछि बैतडीमा देउवा पक्षिय नेताहरुले चन्दलाई खुलेर समर्थन गर्न सकेका नसकेको स्थानीयको ब।झाई छ । उम्मेद्वार चन्दले प्रेम चन्द, देवराज जोशी, शिवराज भट्ट, दिपेन्द्र चन्द सहितको आफ्नो भजन मण्डलीलाई पछाडि लगाएर प्रचारमा हिडे पनि देउवा समूहका नेता तथा कार्यकर्ताको साथ नपाए पनि नेपाली कांग्रेसको पक्षमा बैतडीमा माहौल बन्न सकेको छैन । देउवालाई अपमानजनक तरिकाले हटाएपछि आक्रोसित कार्यकर्ताहरुले देउवाको अनुहार विना सुदूरपश्चिममा मात्र नभएर देशभरि नै नेपाली कांग्रेसले चुनाव नजित्ने दावी गरिरहेका छन् ।
चतुरबहादुर चन्दले टिकट पाएपछि शेरबहादुर देउवाको मतबिना निर्बाचन नजित्ने भएपछि निबर्तमान सभापति शेरबहादुर देउवाको तस्विरलाई आफ्नो तस्विरको छेउमा राखेको तस्विर भएको पम्प्लेट सार्बजनिक भएको देख्न सकिन्छ। चतुरबहादुर चन्द बैतडीबाट नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वार हुन् । अहिलेसम्म शेरबहादुर देउवाले कसैलाई पनि रुखमा मत नहाल्न आफु निकटकालाईसमेत भनेका छैनन् । यानिकी सभापति देउवालाई बिशेष महाधिवेशनबाट सभापतिबाटै हटाएपछि भने उनकोमात्र नभएर सुदूरपश्चिमबासीकै मन दुखेको स्थानीय सुदूरपश्चिमबासीहरु चियापसलमा खुसस्त बताउँछन् ।