सुदूरपश्चिम

सुदूरपश्चिममा १२ बजेसम्म २० प्रतिशत मतदान

२१ फागुन, कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फ देशभर मतदान जारी रहँदा सुदूरपश्चिम प्रदेशमा मध्याह्न १२ बजेसम्म २० प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेशका नौ जिल्लामा हालसम्म कुल तीन लाख ३८ हजार ४३२ मत खसेको छ। यसमध्ये एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन्।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडी जिल्लामा मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।