समाचार

निर्वाचन पछिल्लो मतगणनाः ८१ स्थानमा रास्वपा अगाडि, काँग्रेस दोस्रो, नेकपा तेस्रो, एमाले चाैथाे

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ८१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा रास्वपाका ८१ स्थानमा, नेपाली कांग्रेस ९, नेकपा (एमाले) ७ र नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एकरएक जना उम्मेदवार विजयी भएका छन् ।