प्रवास

मध्यपूर्वी देशमा नेपाली कामदार पठाउने मागपत्र प्रमाणीकरण अस्थायी रूपमा रोकियो

२७ फागुन, काठमाडौं । सरकारले इजरायल- अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वी देशहरूमा नेपाली कामदार पठाउने मागपत्र प्रमाणीकरण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

यसअघि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र अध्ययनका लागि एनओसी जारी गर्न रोक लगाइसकेको सरकारले अब ती देशबाट नेपाल आउने कामदारहरूको मागपत्र प्रमाणीकरण पनि रोक्ने जनाएको छ। यूएई, कतार, ओमान, बहराइन, इजरायल लगायतका देशमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण प्रक्रिया अर्को सूचना नआउँदासम्म स्थगित गरिएको जानकारी दिएका छन्।

यो निर्णय परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन भएको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को २० फागुनमा बसेको बैठकले गरेको हो। बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा नियोगहरूलाई निर्देशन दिइसकेको छ।

इरानले यी देशहरूमा अमेरिकी बेसक्याम्पहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरिरहेका कारण नेपालीहरूको सुरक्षा जोखिम बढ्दो रहेको जनाएको छ।