काठमाडौं, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका बेला सेवाग्राहीसँग ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो। उक्त घटनाको अनुसन्धानपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले तयार पारेको आरोपपत्र विशेष अदालतमा दर्ता भइसकेको छ। आरोप प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ।
यस प्रकरणबारे थप सुनुवाइ विशेष अदालतमा हुने जनाइएको छ।





