राजनीति

कांग्रेस केन्द्रिय कार्यससमिति बैठकमा सभापतिको राजिनामा अस्वीकृत प्रस्ताव पेस हुने

५ चैत,काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।

थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए ।

साथै बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो । पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए ।

थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए ।