अन्तर्राष्ट्रिय

इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द

९ चैत, काठमाडौं । इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द भएका छन् ।

डिमोना र अरादमा क्षेत्रमा इरानी आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग आफूले परामर्श गरेको इजरायलका शिक्षामन्त्रीले बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले निर्णय गरेको छु कि आइतबार र सोमबारको सबै प्रकारका छुट समाप्त हुनेछन् र कुनै पनि भौतिक कक्षाहरू सञ्चालनको अनुमति दिइने छैन ।’

शिक्षामन्त्री योव किशले यस अवधिमा विशेष शिक्षाका लागि दिइएको छुटहरू निलम्बन गरिने र देशभरि दूर शिक्षा ९अनलाइन कक्षाहरू० सञ्चालन हुने बताए । उनका अनुसार यस अवधिमा पहेंलो क्षेत्रहरू ९बालबालिकाको लागि० पनि बन्द रहनेछन् ।

शिक्षामन्त्रीले मंगलबार अघिको अवस्थाबारे पनर्मूल्यांकन गरेर मात्र थप निर्णय लिने बताएका छन्।

इजरायलका आपतकालीन सेवाहरूले दक्षिणी शहर अरादमा इरानी क्षेप्यास्त्र आक्रमणबाट उल्लेखनीय क्षति भएको बताएका छन् । उक्त आक्रमणमा ८८ जना घाइते भएका छन् । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।