१० चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै विगतका सरकारी नियुक्ति खाएकालाई पद छाड्न असुझाव दिएका छन् । उनले विगतमा नियुक्ति खाएकालाई अब लामो सास नफेर्न सल्लाह दिँदै यस्तो बताएका हुन् ।
उनले पछि सरकारले हटायो भन्नुभन्दा अगाडि नै छोडेर स्वाभिमान देखाउन अनुरोधसमेत गरेका छन् ।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ-जनताले पताइसकेका छन्। विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि’, अब लामो सास नफेर । सल्लाह पनि नखोज । “हटायो” भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ ।’
उनले लेखेका छन्,- “ स्वाभिमान “ -दौरा-सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको “कर्तुत” होइन।’






