१० चैत, काठमाडौं । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियो भन्दै बिद्यार्थी सडकमा उत्रिएका छन् ।
गत भदौ २३ र २४ जेनजी आन्दोलनमा भएको घटना छानबिनका गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन्।
प्रतिवेदन सार्वजनिकका निम्ति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि दबाब दिन आज विद्यार्थीले कलेजअगाडि केहीबेर प्रदर्शन गरेका हुन् ।
अन्तरिम सरकारले नै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । विद्यार्थीले सेतो कपडा ९तुल०मा हस्ताक्षरसहित प्रदर्शन गरेका थिए ।
गएको फागुन २४ गते पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनामा क्षति र कारबाहीसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर, पूर्वप्रतिबद्धताअनुरूप प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।





