राजनीति

शंकर पोखरेल भनछन् : ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन’ भन्ने पुष्टि भयो

१२ चैत, काठमाडौं । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन’ भन्ने पुष्टि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, उनले लेखेका छन्, ‘कार्की आयोग र आमनिर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोहीअनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

उनले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको दाबी गरेका छन् ।

‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ’, पोखरेलले लेखेका छन् ।