१६ चैत, काठमाडौं । काठमाडौंको एकान्तकुना स्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सञ्चालन गरेको अपरेशनमा उनीहरू नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूले फास्ट ट्रयाकमा काम गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको प्रहरीले जनाएको छ। यस प्रकारको अवैध कामले सेवाग्राहीलाई हैरानी र आर्थिक क्षति पुर्याउँदै आएको गुनासो प्राप्त भएपछि प्रहरीले अपरेशन चलाएको थियो।
पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र ले अनुसन्धान अघि बढाइएको जानकारी दिँदै, कानूनअनुसार कारबाही जारी रहने बताए।
यस कदमलाई यातायात सेवामा पारदर्शिता र शुद्धता ल्याउने प्रयासको भागका रूपमा हेरिएको छ।





