१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य ले जानकारी दिँदै, सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गरेको बताए।
गत फागुन २१ गते भएको निर्वाचनपछि बनेको नयाँ सरकारको नेतृत्वमा यो पहिलोपटक संघीय संसद्को अधिवेशन हुन लागेको हो। संसद् अधिवेशनमा आगामी नीतिगत कार्यक्रम, बजेट र विधेयकहरूको छलफल हुने अपेक्षा गरिएको छ।



