समाचार

सशस्त्र प्रहरीलाई गृहमन्त्री गुरूङको निर्देशन : सीमा गस्ती कडा पार्नू

१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा निरीक्षण गर्दै सीमा क्षेत्रमा गस्ती कडा पार्न निर्देशन दिएका छन्।

आज गृहमन्त्री गुरूङले प्रधान कार्यालयको निरीक्षण गरेका हुन्।

आइजिपी राजु अर्यालसहित उच्च अधिकृतहरूलाई मन्त्री गुरूङले सीमा क्षेत्रमा हुन अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउन निर्देशन दिएका हुन्।

उनले तस्करी नियन्त्रण गर्न पनि निर्देशन दिएका हुन् । बैठक विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा छलफल समेत भएको थियो।

सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको सचिवालयले जनाएको छ ।