समाचार

साठी जना ज्येष्ठ नागरिक सम्मानित

१७ चैत, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–२ ले ६० जना ज्येष्ठ नागरिक तथा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ ।

सामाजिक विकासमा उनीहरुले गरेको योगदानको कदरस्वरुप वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको जनाएको छ ।

त्यस अवसरमा वडाअध्यक्ष मोतिजङ्ग रायमाझीले आफ्नो ज्ञान, सीप र संस्कारबाट समाजलाई मार्गदर्शन गर्नुभएको कदरस्वरुप उहाँहरुलाई सम्मान गरिएको बताए ।