१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार पर्सा जिल्ला अदालत पुगेर सहकारी ठगीसम्बन्धी मुद्दामा तारेख बुझेका छन्।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने केही समय अदालतमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेर फर्किएका हुन्। उनीविरुद्ध पर्साको ‘सानो पाइला’ सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा मुद्दा दर्ता छ।
लामिछाने हालै सम्पन्न निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद समेत हुन्। अदालतमा उनको उपस्थितिसँगै उक्त मुद्दाको कानुनी प्रक्रिया अगाडि बढिरहेको छ।




