१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाइएको हो।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा र सुहाङ नेम्वाङ बीच प्रतिस्पर्धा हुने भएको छ। दुवै नेताले उक्त पदमा दाबी प्रस्तुत गरेका छन्।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने नेम्वाङले पनि उम्मेदवारीका लागि आवश्यक कागजात बुझाउने प्रक्रिया अघि बढाइसकेका छन्।
दलभित्र सहमति कायम हुन नसकेपछि अब संसदीय दलको नयाँ नेता निर्वाचनमार्फत चयन गरिनेछ, जसले आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




