समाचार

सुरेन्द्र पाण्डे लेख्छन् : सुहाङले प्रस्तावक र समर्थक नपाउनु एमनलेको लागि लज्जास्पद

१९ चैत, काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी एमालेमा आन्तरिक लोकतन्त्र कमजोर र संकुचित भइसकेको टिप्पणी गरेका छन् ।

सांसद सुहाङ नेम्बाङले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक नपाएको प्रसंग उठाउँदै पाण्डेले यस्तो भनेका हुन् ।

ूसंसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ,पाण्डेले फेसबुकमा लेखेका छन्, एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो ।

उनले यसलाई दमनकारी प्रवृत्ति भनेका छन् । ूजब नेतृत्व म नै पार्टी र पार्टी नै मू भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ,पाण्डेले भनेका छन्,यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ ।

पार्टी ९ सिटमा खुम्चिएको भन्दै यस्तो अवस्थामा पनि चेत नखुले भने कहिले खुल्ने ? भन्दै प्रश्न गरेका छन् । अनि उनले एमालेमा अव साहसिक परिवर्तन र नयाँ मार्गचित्र चाहिएको उल्लेख गरेका छन् ।

अब स्पष्ट छ- पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन । पार्टीलाई कसैको निजी क्लबु होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ,पाण्डेले भनेका छन् ।