राजनीति

रास्वपाले सभामुखमा डीपी अर्याल अघि सारे

१९ चैत, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याल लाई अघि बढाउने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछाने ले अर्यालको नाम सभामुख पदका लागि प्रस्ताव गरेका थिए। प्रस्ताव पछि बैठकले सर्वसम्मत रूपमा उनको नाम पारित गरेको जनाएको छ।

यस निर्णयसँगै रास्वपाले आगामी संसद् बैठकमा सभामुख पदको उम्मेदवारीमा अर्याललाई औपचारिक रूपमा अघि बढाउने तयारी थालेको छ। यो कदमले पार्टीभित्रको एकता र नेतृत्वको स्पष्टता देखाएको विश्लेषकहरूले बताएका छन्।