१९ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि २ दिन म्याद थप गरेको छ।
न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले दिएको आदेश अनुसार, भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा लेखकको भूमिकामा ज्यानसम्बन्धी कसुरको अनुसन्धान गर्न आवश्यक रहेको छ।
सोही इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि २ दिन म्याद थप गरेको छ। ओली र लेखक दुवैलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो।





