२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाका डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चएन भएको घोषणा गरिएको छ ।
आज बसेको प्तिनिधिसभाको बैठकमा जेष्ठ सदस्य अर्जुननरसिँह केसिले अर्याललाई सभामुखमा निर्विरोध सभामुख भएको घोषणा गरेका हुन् ।
सभामुख चयन भएसँगै अब उपसभामुखको प्रक्रिया अगाडी बढ्ने भएको छ । सभामुखले तोकेको मितिमा उपसभामुखको निर्वाचन हुने व्यवस्था रहेको छ ।
उपसभामुख प्रतिपक्षी दलबाट हुने प्रावधान समेत रहेको छ । जसअनुसार नेकपा, श्रम संस्कृती लगायतका दलले उपसभामुखमा दाबी गरेका छन् ।





