समाचार

अब हप्तामा दिन २ सार्वजनिक बिदा हुने

२२ चैत, काठमाडौं । अब सातामा २ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले भोलिदेखि लागू हुनेगरि शनिबार र आइतबार गरि २ दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको हो ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले जानकारी दिएका छन् ।