२३ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै पोखरेलले अहिले सुशासन रास्वपा लगाएत नयाँ राजनितीक दलको चरित्रमा नभई पुराना दलको खेदोमा खोजिएको टिप्पणी समेत गरेका छन् ।
चुनावका समयमा नयाँले सुशासन ल्याउछ, देश बन्छ भनेर हल्लीखल्ली नै भएपछि त्यसो नभएको उनको भनाई छ । बालेन सरकार बनेपछि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि रुष्ट बनेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
भने नेकपा एमालेले औपचारिक रुपमै बालेन सरकारको आफ्ना अध्यक्ष केपी शर्मा ओली तथा पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयलाई असंबैधानिक भन्दै बिरोध समेत गरिरहेका छन् ।






