२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा.वाग्लेले यस्तो बताएका हुन् ।
“सरकारले धरपकड गर्ने कुनै नीति छैन,” उनले भने, “ढुक्क भएर व्यापार व्यवसाय गर्नुहोस् ।”
उनले सेयर बजारमा सम्पत्ति कहाँबाट ल्यायौ रु भनेर सोध्नै नपर्ने बताउँदै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न पनि सरकारले केही काम गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।
“अहिले बजार घटेको भए पनि आत्तिनुपर्ने अवस्था छैन,” उनले भने, “सुनौला दिन आउनेछन् । लगानीकर्ताले अध्ययन गरे पनि हुन्छ । सेयर बजारप्रति यो सरकार उदार छ ।





