२४ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुर्य थापाले फेवातालको जग्गा विषयलाई लिएर गृहमन्त्री सुदन गुरुङमाथी विवादास्पद टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् राख्दै नेता थापाले डान्सबारको पुर्व डिजेको हैसियत देखिने भयो भन्दै टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन् डान्सबारको पूर्व बाउन्सर फेवा तालको हुस्सु अतिक्रमणकारी संदिग्ध टिओबी सदस्यको अब खास हैसियत देखिने भयो ।
साथै उनले अर्काे स्टाटस्मा कानुनको अनभिज्ञतामा सजायँबाट उन्मुक्ति नपाइने बताए। थापाले बोल्दै नबोल्ने कठपुतलीको भजने हवल्दारको फुर्ति फेवातालको जग्गा कब्जा र बर्षौदेखिको भाडा ठगीमा स्पष्ट भयो लेखेका छन् ।







