२४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारले लिरहेको बैदेशिक ऋणबारे प्रश्न उठाएका छन् ।
दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र नभइ आवस्यकता पनि भएको भन्दै सरकारको कदमलाई लिएर प्रश्न उठाएका हुन् ।
हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्ने उनको भनाई छ ।
हिजोको सरकारले ऋण लिँदा विरोध गर्नेले आज किन स्वीकार गरेको भन्ने प्रश्न गर्दै पोखरेलले सरकारले यसबारेमा जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको बताए ।






