समाचार

प्रधानमन्त्री बालेनले आज विभिन्न देशका राजदुतसँग भेट गर्दैछन्

२५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेनद्र शाह बालेनले आज विभिन्न देशका राजदुतहरुसँग भेटवार्ता गर्ने भएका छन् ।

उनका राजनितिक सल्लाहकार असिम शाहका अनुसारप्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ । सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने समेत जनाइएको छ ।