समाचार

चक्कु प्रहार गरि पाटनमा दाजुभाइको हत्या, दुई जना पक्राउ

२६ चैत, ललितपुर । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई दाजुभाइको हत्या भएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ । नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।