समाचार

उपसभामुखमा श्रम संस्कृतीलाई एमाले, कांग्रेस र नेकपाको समर्थन

२६ चैत, काठमाडौं । उपसभामुखमा हर्क साम्पाङको श्रम संस्कृती पार्टीका उम्मेदवारलाइ तिन राजनितिक दलले समर्थन गर्ने भएका छन् ।

एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका हुन् ।

संसदको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई समर्थन गर्छ भन्ने एकीन्न भइसकेको छैन। तर, राप्रपाले उम्मेदवारी दिए रास्वपाले समर्थन गर्ने सूचना पाएपछि चार दल एकै ठाउँमा उभिएका हुन्।

आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ। श्रम संस्कृति पार्टीले उम्मेदवारको फारम लिइसकेको छ। उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ। त्यसपछि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ।