२७ चैत, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सरकारले दुवैजनालाई चैत २२ उपरथीमा बढुवा गरेको थियो ।





