प्रवास

कतारले ३ नेपालीलाई दियो आममाफी

२७ चैत, काठमाडौं । कतारले रमदानको अवसर पारेर ३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

कतार सरकारले रमदानको पवित्र अवसरमा विभिन्न देशका कैदीबन्दीहरूलाई आममाफी दिने परम्परा अनुसार यस वर्ष पनि नेपाली नागरिकलाई समेटेको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार कतारी आमिरले निर्णय गर्दै ३ जना नेपालीलाई आममाफी प्रदान गरेका हुन्।

आममाफीको निर्णयपछि नेपालले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। नेपालले यस कदमले दुई देशबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

नेपाल र कतारबीच श्रम तथा कूटनीतिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। यसअघि पनि रमदान लगायतका अवसरमा कतारले विदेशी नागरिकलाई आममाफी दिने अभ्यास गर्दै आएको थियो।