२९ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् ।
नेपाल सरकारले यसको औपचारिक घोषणा भने गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन्।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् भने भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ ।





