आर्थिक

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

३० चैत, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलामा ४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थिए । समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ ।