राजनीति

मैले पहिले पनि विशेष महाधिवेशनलाई मानिन, अहिले पनि मान्दिन: नेता निधि

४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले आफूले विशेष महाधिवेशनलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।

 उनले सर्वोच्च अदालतको निर्णयमा आफ्नो कुनै टीकाटिप्पणी नभएको बताउँदै विशेष महाधिवेशनका विषयमा आफूले सुरु देखी नै नमानेको र अहिले पनि नमान्ने स्पष्ट धारणा भएको दाबी गरे । 

आज सर्वोच्च अदालतका नृप ध्वज निरौलासहितका दुई न्यायाधीशको इजलासले गगन थापा नेतृत्वले गरेको विशेष महाधिवेशनलाई मान्यता दिएपछि निधिको छोटो प्रतिक्रिया आएको हो ।

अब कसरी अगाडी बढ्ने भन्ने विषयमा भने नेताहरूसँग सल्लाह गर्ने उनले बताए । काँग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा सकिए पनि व्यवहारिक रूपमा भने नसकिने सङ्केत देखिएको छ ।