समाचार

बीपी राजमार्ग एकतर्फी खुल्यो, चल्न थाले बस

६ बैशाख, काठमाडौं । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

“त्यहाँ डाइभर्सनमाथि पनि अर्को डाइभर्सन बनाएर अहिले कुनापट्टिबाट वान वे ९एकतर्फी० मात्र खोलेको हो,” काभ्रे प्रहरीका सूचना अधिकारी एवं डीएसपी रविन बिष्टले बाह्रखरीसित भने, “अरू पूरा बनाउन समय लाग्छ ।”

यसबाहेक उक्त सडकखण्डमा अरू स्थानमा समस्या नरहेको उनले जानकारी दिए । “अन्त ठिक छ अहिले,” उनले भने ।

लबदष्
िशनिबार ९वैशाख ५०को वर्षासँगै खोलामा बहाव बढ्दा डाइभर्सन बगाएको थियो । आइतबार ९वैशाख ६० बिहान करिब पौने ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन भइरहेको छ । गएको चैतमा पनि बाढीले पुनः सडक बगाएको थियो । त्यसपछि फेरि डाइभर्सन बनाइएको थियो ।