राजनीति

शंकर पोखरेलले गरे सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति टिप्पणी

१५ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारको पछिल्लो राजनीतिक निर्णयप्रति टिप्पणी गरेका छन्।

उनले दुई तिहाइ नजिकको सरकार, “जान्नेलाई छान्ने” नारा, तथा बजेट अधिवेशन आह्वान भएको केही दिनमै अनिश्चितकालका लागि निर्णय फिर्ता गरिएको विषयलाई उल्लेख गर्दै प्रश्न उठाएका छन्।

पोखरेलका अनुसार सरकारले “अध्यादेश ल्याउन होइन” भन्ने स्पष्टीकरण दिए पनि संसद स्थगित गरेर अध्यादेश ल्याउने निर्णयले आम नागरिकमा अन्योल सिर्जना गरेको छ।

उनले हिजो संसद बैठक आह्वानअघि वा चालु संसद रोक्दै अध्यादेश ल्याउँदा आलोचना गर्नेहरूले नै आज आह्वान गरिएको बैठक रोक्ने कदम चाल्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।

पोखरेलले यस्ता निर्णयले जनताको विश्वास कमजोर हुने खतरा रहेको उल्लेख गर्दै नयाँ भनिएको नेतृत्वप्रति बढ्दो निराशा गम्भीर विषय भएको बताएका छन्।

उनले मुलुक अहिले थप राजनीतिक अस्थिरता सहन सक्ने अवस्थामा नरहेको भन्दै जिम्मेवार निर्णय लिन सबै पक्षलाई आग्रह गरेका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्: