१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा साख्ने निर्णय गरेको छ ।
केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल तामेलीमा राख्ने निर्णय गरेको संयोजक तारामान गुरुङले बताए ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको वैशाख २ गते बसेको बैठकले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।





