१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिएका छन् ।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू
१। देवकरण प्रसाद कलवार (सन्तु) महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश
२।प्रदीप सुनुवार, पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री कोशी प्रदेश ।
३। प्रचण्ड विक्रम न्यौपाने, यातायात तथा पर्यटन मन्त्री, लुम्बिनी प्रदेश ।
४।राजु खनाल, उपसभापति लुम्बिनी प्रदेश एवं प्रदेशसभा सदस्य ।
५।जंगीलाल राय, प्रदेश सांसद मधेश प्रदेश





