स्वास्थ्य

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

२२ वैशाख, काठमाडौं ।  नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणी समितिको निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका छन्। उनले ३१९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतले पछि पारेका हुन्। रावलले २९४० मत ल्याउँदा अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे।

संघको वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन्। उनले ३०३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २३०२ र डा. अजयकुमार मिश्रले १४२१ मत पाए।

महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन्। उनले २७२२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी डा. कालुसिंह खत्रीले २४२३ मत र डा. अमृत भुसालले १६४६ मत पाए।

उपाध्यक्ष पदमा प्रदेशगत रूपमा डा. रोशन खड्का (कोशी), डा. अमृत राजन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा. नन्दा गुरुङ (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा. प्रमोद जोशी (सुदूरपश्चिम) निर्वाचित भएका छन्।

त्यसैगरी सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल विजयी भएका छन्।

सदस्यहरूमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन्।

निर्वाचन काठमाडौं उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १७ र १८ गते सम्पन्न भएको थियो। कुल ७१०० मत खसेको निर्वाचनमा यस पटक तीन वटा प्यानल टिम बद्री, टिम मंगल र टिम रिफर्म बीच प्रतिस्पर्धा भएको थियो।