२३ वैशाख, काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार अग्रवालले बिना पारिश्रमिक आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउने छन्।
त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीन समेत रहेका अग्रवालको अनुभवले स्वास्थ्य नीति निर्माण तथा सेवा सुधारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।
प्रधानमन्त्री कार्यालयले अग्रवालले कुनै आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा मात्र सेवा प्रदान गर्ने जनाएको छ।





