राजनीति

गुटमा रमाउने सांसदलाई रविको निर्देशन : पार्टीमा म रविको, म बालेनको मान्छे भन्दै नहिँड्नू

२७ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन चेतावनी दिएका छन् ।

आज प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।

लामिछानेले सांसदहरूलाई पार्टीमा म रवि को म बालेनको मान्छे हु भन्दै न हिंड्न् चेतावनी दिएका छन् ।

उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरेका छन।

उनले दुईजना फुट्छन् कि भन्नेमा गुञ्जायस नै नभएको बताए । लामिछानेले यताको र उताको भन्दै झुक्किए अर्को पटक टिकट पनि नपाइने चेतावनी समेत दिए ।