राजनीति

गगन थापाले चुने १९ केन्द्रीय सदस्य, देउवा पक्षका पनि अटाए

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् ।

कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका हुन् ।

नयाँ केन्द्रीय सदस्यहरूम महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ , रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू रहेका छन् ।

यस्तै चन्द्रकान्त भण्डारी, अजय कुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव , राजीव कोइराला रहेका छन् ।

साथै राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा. जीवन राना र सीता थपलियालाई केन्द्रीय सदस्यमा मनाेनित गरेका छन्।

सभापति थापाले पुर्व सभापति शेरबहादुर देउवा समुहका नेताहरूलाई पनि केन्द्रीय सदस्यमा मनाेनित गरेका छन्।