राजनीति

कांग्रेस प्रवक्ताको दाबी : बालेन सरकारकाे ४६ दिनमा ४६ गल्ती, आफ्नै कारणले ढल्छ

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बालेन्द्र शाह नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका छन्।

बिहीबार पोखरामा सुरु पार्टीको प्रदेशस्तरीय भेलामा उनले बालेन सरकारको आलोचना गर्दै बालेन सरकारले ४६ दिनमा ४६ गल्ती गरेको आरोप लगाएका हुन्।

अर्को प्रसंगमा उनले कांग्रेसले गत चुनावमा भोगेको असफलतामा जनप्रतिनिधिप्रतिको असन्तुष्टि पनि कारक भएको बताए।