१ जेठ, काठमाडौं । नेपाल प्रहरी ले ४६ जना प्रहरी उपरीक्षक (एसपी) को एकैसाथ सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास शाखाले शुक्रबार सरुवा सूची सार्वजनिक गर्दै विभिन्न जिल्ला, कार्यालय र इकाइमा कार्यरत एसपीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको हो ।
प्रहरी संगठनभित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ । सरुवासँगै विभिन्न जिल्ला प्रहरी कार्यालय, उपत्यकाका सुरक्षा निकाय तथा विशेष ब्युरोमा नयाँ नेतृत्व खटाइएको छ ।
नेपाल प्रहरीका अनुसार आवश्यकताअनुसार संगठनको कार्यसम्पादन प्रभावकारी बनाउन र प्रशासनिक व्यवस्थापनलाई थप चुस्त बनाउन सरुवा गरिएको हो । सरुवा भएका एसपीहरूलाई तोकिएको नयाँ जिम्मेवारीमा तत्काल हाजिर हुन निर्देशन समेत दिइएको छ ।
सरुवा सूची:










