समाचार

इशान पाण्डेले ओडीआई डेब्यू गर्दै

२ जेठ, काठमाडौं । डा.इशान पाण्डेले लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा आज डेब्यु गर्दै छन् ।

केही बेरमा सुरु हुने खेलका लागि उनलाई करण केसीले डेब्यू क्याप दिएका छन् ।

यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् ।

घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।