५ जेठ, काठमाडौं । रास्वापाका सांसद डा।अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्मा कडा विरोध गरेका छन्।
परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोडिरहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि त्यो देखिएको बताए।
‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटमाथिको छलफलमा अर्थमन्त्री जहिले पनि बस्ने चलन छ,’ बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थिप्रति असन्तुष्ट उनले भने, ‘पराष्ट्रमन्त्रीले बजेट बनाउने होइन। म रेकर्डको लागि मात्रै यो बोल्दै छु। सबै परम्परा भत्काउँदै गइयो भने संसद्को औचित्य, संविधानको औचित्य सकिन्छ।’
उनले सरकारसँग प्रश्न गरिने र त्यसको सम्बोधन सरकारले गर्नुपर्ने बताए।





