राजनीति

उपयुक्त समयमा संसद्‌मा आएर जवाफ दिन्छु : प्रधानमन्त्री बालेन

७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले उपयुक्त समयमा संसद्‌मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन् ।

सभामुख डोलप्रसाद अर्याल ले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री बालेनसँग भएको भेटबारे जानकारी गराउँदै ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भन्ने प्रतिक्रिया आएको बताएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा नाराबाजी जारी राखेका छन् । अवरोधकैबीच सभामुख अर्यालले बैठक सञ्चालन गर्दै वैकल्पिक विकास वित्त परिचालन विधेयकसहित केही अन्य विधेयकमाथिको प्रक्रिया अगाडि बढाएका थिए ।