गण्डकी प्रदेश

सरकारी जग्गा कब्जामाथि महानगर कडा, पृथ्वीचोकमा चल्यो डोजर

१४ जेठ, काठमाडौं ।  पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिको सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ। नगर विकास समितिको जग्गामा विभिन्न संस्था र मजदुर संगठनले बनाएका संरचना हटाउने काम ३५ दिने सूचना अवधि सकिएपछि शुरू गरिएको हो।

सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतका संरचनामा डोजर चलाइएको महानगरले जनाएको छ। केही व्यवसायीले भने डोजर अघि नै सामान हटाएर स्थान खाली गरेका थिए।

महानगरका अनुसार उक्त क्षेत्र खाली गरी सडक चौडा बनाउने योजना अघि बढाइएको हो।