१५ जेठ, काठमाडौं । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन र लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत गोरखकाली रबर उद्योगसहित ७ संस्थानको मूल्यांकन गरी सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा सञ्चालन गर्ने घोषणा गरे।
यसैगरी रणनीतिक आयोजनाका लागि ‘मातृभूमि कोष’ स्थापना गर्ने र राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने प्रस्तावसमेत गरिएको छ।





