१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले आगामी बजेटले धेरै विषयलाई सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्। उनले प्रारम्भिक रूपमा बजेटप्रति उत्साह व्यक्त गर्दै विस्तृत विवरण अध्ययन गर्न बाँकी रहेको उल्लेख गरे।
श्रेष्ठका अनुसार करका दर घटाउने प्रयास, कृषि र पूर्वाधार क्षेत्रमा प्रोत्साहन तथा अनुदानको नयाँ मोडालिटी सकारात्मक देखिन्छ। तर, उनले सरकारको प्रतिबद्धता कार्यान्वयन पक्षमा निर्भर रहने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
उनले बहुमतको सरकार भएकाले अर्थतन्त्र पुनर्जागरण हुने अपेक्षा समेत व्यक्त गरेका छन्।





